दुई सडकमा बढ्यो सवारी दस्तुर

१६ असार २०७६, सोमबार १०:५७ मा प्रकाशित

चितवन, १६ असार । असार १७ गतेदेखि लागु हुने गरी सवारीसाधन धनीले दुईवटा सडक खण्डमा बढी सडक दस्तुर तिर्नु पर्ने भएको छ । सडक बोर्डले नौबिसे–मुग्लिन र हेटौडा–नारायणगढ सडक खण्डमा तिर्नु पर्ने गरी सडक दस्तुर बढाएको हो ।

अब नौबिसे–मुग्लिन सडक खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरी)ले १२० रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै हलुका सवारी साधन (कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले ५० रुपैयाँ तिर्नु पर्ने छ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १० रुपैयाँ तिर्नु पर्ने छ ।

त्यस्तै हेटौडा–नारायणगढ सडक खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरी)ले १०० रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै हलुका सवारी साधन (कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर० ले ४० रुपैयाँ तिर्नु पर्ने छ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १० रुपैयाँ तिर्नु पर्ने छ ।

चैत १४ गते बसेको मन्त्रिपरिषदको बैठकले साना र ठूला गाडीले सडक प्रयोग गरे वापत तिर्नुपर्ने दस्तुर वृद्धि गरेको थियो । सोहि दस्तुर असार १७ गतेदेखि लागु हुने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३