त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा

१६ असार २०७६, सोमबार १०:१७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा संचालन हुने भएको छ । धावनमार्गमा नयाँ कालोपत्रेको काम सकिएसँगै विमानस्थललाई पुन २१ घण्टा नै संचालनमा ल्याईएको हो ।

तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सुरु भएका कारण तीन महिनादेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको थियो । त्यो अवधिमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै पनि उडान हुन पाएका थिएनन् । चिनियाँ निर्माण कम्पनीले समय मै काम सकेपछि २१ घण्टा संचालन सम्भव भएको हो । अब विमानस्थल बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म संचालन हुने छ ।

त्रिभुवन विमानस्थलमा दैनिक औसत चार सय उडान र अवतरण हुने गर्छन् । नयाँ कालोपत्र गरिएसँगै विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या समाधान भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिनेछ । सो समयमा फेरी विमानस्थल बन्द गर्नु पर्ने हुन्छ । यी काम अबको दुई महिनापछि सुरु गरिने र उक्त अवधिमा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल फेरि बन्द हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।