अष्ट्रेलिया र चीनका विदेशमन्त्रीहरु नेपालमा

२२ श्रावण २०६९, सोमबार १३:२० मा प्रकाशित


काठमाडौं, २२ साउन । संक्रमणकालीन अन्योलता चर्किएसंगै नेपालमा विदेशी चासो बढिरहेको छ । यस परिस्थितिको राजनीतिक लाभ उठाउन वाह्य शक्तिहरु तंछाडमछाड गरिरहेको आभास भएको छ । गतसाता दक्षिणतर्फको छिमेकी मुलुकका एक वरिष्ठ नेता नेपाल आएर फर्केलगत्तै चीनको विदेश मन्त्रालयका उपमन्त्री फु यिङ नेपाल आउने भएका छन् । उनको नेपाल आगमन आजै हुने भए पनि समय भने गोप्य नै राखिएको छ ।
यसैबीच अष्ट्रेलियाको विदेश मामिलासम्बन्धी राज्यमन्त्री रिचर्ड मार्लस केहीबेरअघि काठमाडौं आइपुगेका छन् । चीन र अस्टे्रलिया दुवै देशका मन्त्रीले द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल गर्न बताइएको छ ।
परराष्ट्र मन्त्रालयले जनाएअनुसार फु यिङ र मार्लसले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी लिनेछन् । त्यसैगरी प्रधानमन्त्री बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन लगायत सरकारका वरिष्ठ अधिकारी र राजनीतिक दलका नेताहरुसँग उनीहरुले भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
नेपालको विकास प्रक्रियामा सघाउँदै आएका साझेदार तथा दातृ निकायको आगामी मंगलबार हुने बैठकमा समेत उनीहरुले भाग लिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही