हिले दौड : सोनी र विकासलाई उपाधि

१६ असार २०७६, सोमबार ०६:५६ मा प्रकाशित

धादिङ, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा बिर्ताबेसीमा खुल्ला हिलेदौड प्रतियोगिता आज सम्पन्न भएको छ ।

राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनिबेसीका रसिला तामाङ द्वितीय र ललितपुरका निरजला ताम्राकार तृतीय हुनुभएको छ ।

यसैगरी पुरुषतर्फ सङ्खुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगञ्गका खिमबहादुर खत्री तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ५० हजार, रु ३० हजार र रु २० हजारसहित सिल्ड र कप प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले तीन सय मिटर हिलो खेतमा दौड प्रतियोगितामा भाग लिनेलाई पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा हिलोतर्फ २३ जना महिला र ८२ जना पुरुषले सहभागिता जनाएका थिए । जसमा एक जना विदेशी नागरिकसमेत रहेका थिए । राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान सङ्घका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा पञ्जबाजासहित दही चिउरा खुवाएर कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति