शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी अनुसन्धानमूलक कृति ‘जुरेली दर्शन’ लोकार्पण

१६ असार २०७६, सोमबार ०६:५३ मा प्रकाशित

काठमाडौँ १५ असार । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी अनुसन्धानमूलक कृति ‘जुरेली दर्शन’को लोकार्पण गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले अस्वस्थताका कारण घरबाटै पुस्तकको लोकार्पण गर्नुभयो ।

राष्ट्रकविले पुस्तक लोकार्पण गरेको भिडियो देखाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । अनिल पौडेलद्वारा लिखित पुस्तकलाई सांस्कृतिक संस्थानले प्रकाशन गरेको हो । पुस्तकमाथि टिप्पणी गर्दै प्रा डा अभि सुवेदीले शताब्दी पुरुष जोशीले जुरेली दर्शन अवलम्बन गरेको विषयलाई पुस्तकमा समावेश गरिएको बताउनुभयो ।

“जुरेली चरीको जीवन रमाइलो, स्वतन्त्र र आनन्दमय हुन्छ”, उहाँले भन्नुभयो, “चराहरु मिलेर बस्छन्, कसैले कसैको ईष्र्या गर्दैनन्, जोशीको पनि त्यही खालको दर्शन हो ।” उहाँले जोशीले एक सय वर्ष पूरा गरे पनि उहाँको स्मरण शक्ति र सामथ्र्यले सबैलाई ऊर्जा प्रदान गरिरहेको बताउनुभयो ।

डा सुदन पौडेलले जोशी नेपाली भाषा, कला, साहित्य र संस्कृतिको जिउँदो इतिहास भएको बताउनुभयो । उहाँले साधना, त्याग र समर्पणका कारण जोशीको दीर्घ जीवन जिउन पाएको बताउनुभयो ।

डा विन्दु शर्माले ‘जुरेली दर्शन’ अन्तर्वार्ताको माध्यमबाट तयार पारिएको आत्मकथा भएको छ भन्दै पुस्तकमा समावेशीताको सम्मान पाउन सकिने बताउनुभयो ।

पुस्तकका लेखक पौडेलले पुस्तकबाट जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृतिको अन्वेषण र उहाँका जीवनका विविध आयामलाई समेटिएको बताउनुभयो । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जोशीले संस्थान(नाचघर) स्थापना गरेका कारण उहाँको सम्मान र संस्थानको समेत इतिहास कायम राख्ने हेतुले पुस्तक प्रकाशन गरिएको बताउनुभयो ।

संस्थानका कार्यक्रम प्रमुख प्रभाकर शर्माले नेपाली रङ्गमञ्चको इतिहासलाई जोगाइराख्न रङ्गमञ्चका बारेमा पनि पुस्तक प्रकाशन गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गमञ्चका विषयमा केही पुस्तकहरु प्रकाशनमा आए पनि तथ्यमा आधारित छैनन् ।” संस्थानले आफ्नो भवनलाई सत्यमोहन जोशी प्रेक्षालय नामकरण गरेको छ ।

कार्यक्रममा वासुदेव अधिकारी, नरेशवीर शाक्य, जोशीसँग ६५ वर्षपछि भेट हुनुभएका तत्कालीन अवस्थामा सरकारी सेवामा सँगै काम गरेका पोखराका ९७ वर्षीय कृष्णबहादुर थापा, कलाकार लोचन भट्टराईले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति