आन्दोलनकारीद्वारा प्रदर्शनलाई राष्ट्रपति कार्यालयसम्म लान आह्वान

१६ असार २०७६, सोमबार ०६:३४ मा प्रकाशित

खार्तुम, सुडान, १६ असार (एएफपी)। सुडानमा आन्दोलनरत प्रमुख समूहले विरोध प्रदर्शनलाई राष्ट्रपतिको कार्यालयसम्म पुर्याउन आइतबार आह्वान गरेको छ ।

राजधानीमा व्यापक सुरक्षाकर्मीको तैनाद भएपनि आन्दोलनकारीले सुरक्षा घेरालाई तोडी राष्ट्रपतिको कार्यालय अगाडी पु¥याउन आह्वान गरेको हो ।

सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्युत गरी सैनिक जनरलद्वारा सत्ता लिएपछि सत्ताको चावी जनताको प्रतिनिधिलाई हस्तान्तरण गर्न भनी हजारौँ जनताले गत अप्रिलदेखि आन्दोलन गरिरहेका छन् ।

हामी सबै क्रान्तिकारी जनतालाई गणतान्त्रिक दरबारसम्म पुग्न र न्यायको आवाज बुलन्द पार्न आग्रह गर्दर्छौँ ।

देशमा परिवर्तन ल्याउनका लागि शाहदत प्राप्त गरेका सुडानी जनताको सपना पूरा गर्न, आन्दोलनका घाइतेजनलाई न्याय दिलाउन सत्तालाई नागरिकको हातमा सुम्पिन दवाब सिर्जना गर्दै जनप्रदर्शनलाई शसक्त पार्दै अघि बढ्न आन्दोलनकारीले आह्वान गरेका छन् । नागरिकको हातमा सत्ता नआएसम्म शहीदको रगतले न्याय नपाउने र देशको समृद्धिका सम्भव नभएको उनीहरूको जिकिर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

काठमाडौँ । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परी भएको

सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप