मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

१५ असार २०७६, आईतवार १९:०६ मा प्रकाशित

कञ्चनपुर, १५ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणीमा आज मोटरसाइल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । कैलालीको अत्तरियाबाट झलारीतर्फ आउँदै गरेको म१प ७२९१ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको हो ।

शुक्लाफाँटा नगरपालिका–४ असैनाका २३ वर्षीय वीरेन्द्र रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

मोटरसाइकल अनियन्त्रित भई सडक नजीकको पोलमा ठोक्किदा सख्त घाइते भएका रानाको उपचारका लागि कैलालीको पद्मा अस्पतालमा पु¥याएपछि मृत्यु भएको उनले बताए । मोटरसाइकल पछाडि बसेका मृतकका बुवा ५० वर्षीय सुका रानासमेत घाइते भएका छन् । घाइते रानाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । रानाको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार