मंसिरमा उर्जा सम्मेलन आयोजना हुने

१५ असार २०७६, आईतवार १८:५४ मा प्रकाशित

काठमाडौँ, १५ असार ।  स्वतन्त्र उर्जा उत्पादकको संस्था इपानले आगामी मंसिरमा उर्जा सम्मलेन गर्ने भएको छ। इपानले मंसिर ५ र ६ गते ‘पावर सम्मीट २०१९’ आयोजना गर्न लागेको हो। यो सम्मलेनको सातौ संस्करण हो । 

इपानले ‘पावरिंङ द एशियन सेन्चुरी’ भन्ने मुख्य नारा सहित सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनलाई नेपाल सरकारको अभिभावकत्व प्रदान गरेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ, सरकारी संघ संस्थाका उच्चा अधिकारी, निजि क्षेत्रका सरोकारवालाको उपस्थितिमा नीतिगत बहस, हासिल भएका सफलता था उपलब्धि र अनुभवहरुको आदान प्रदान हुने इपानले जनाएको छ । सम्मलेन मार्फत नेपालको दिगो उर्जा विकासका संभवाना, र अबको बाटो पहिल्याउन ठोस सुझाव र मार्ग चित्र प्राप्त हुने बिश्वास इपानले लिएको छ ।

सम्मलेनमा विद्युत विकास, अन्तरदेशीय ब्यापार, लगानी, बजार विस्तार, लगायतका बिषयमा छलफल हुने र ७५० भन्दा बढी सहभागिता रहने इपानले जनाएको छ ।

 यस अघि सन् २०१६ मा सम्मेलन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३