समाजवादी पार्टी र राजपा एकिकरणमा सहमत

१५ असार २०७६, आईतवार १८:०० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ असार । समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकीकरण गर्न सहमत भएका छन् । दुवै पक्ष एकिकरणमा सहमत भएपनि कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने बारे अहिले छलफल भईरहेको एक नेताले जानकारी दिए ।

दुवै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशन अगावै एकीकरण टुङ्गो लगाउने गरि छलफल भईरहेको बुझिएको छ । एकीकरणको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका छन् । अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन् ।

कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दल सहमत छन् । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ । राजपा नेपाल भने अहिले नै खुलिसकेको छैन ।

नेता व्यवस्थापनमा राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रममा पहिलो नम्बरको अध्यक्ष, बाबुराम भट्टराईलाई दोस्रो र उपेन्द्र यादवलाई तेस्रो बरियताको अध्यक्ष राख्ने गरी छलफल भईरहेको छ । राजेन्द्र महतोलाई बरिष्ठ नेता राख्ने गरी पनि छलफल चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार