वैदेशिक रोजगारको लोभ देखाएर ठगी गर्ने पक्राउ

१५ असार २०७६, आईतवार १७:३० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ असार । वैदेशिक रोजगार ठगी मुद्दामा एक महिला पक्राउ परेकी छिन् । सर्वोच्च अदालतको २०७५ असार २६ गतेको फैसलाले पाल्पा जिल्ला खानीगाऊँ गा.बि.स. वडा नं ८ बस्ने ५८ वर्षीय टिका कुमारी थापालाई १ बर्ष ६ महिना कैद र एक लाख पचास हजार नगद जरिवाना हुने ठहर गरेपनि उनी फरार थिईन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले आइतबार महाराजगंजबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

२०६९ बैशाख ७ मा पक्राउ परेकी थापाले वैदेशिक रोजगार ब्यबसाय संचालन गर्ने ईजाजत(पत्र वेगर नै नमिता देवलाई आकर्षक वैदेशिक रोजगारका लागि साईप्रस पठाईदिने भन्दै रकम लिएर फरार रहेकी थिईन् । अदालतले थापालाई दोषी ठहर गर्दै उल्लेखित उनले जाहेरी कर्ता देवलाई विगो र हर्जाना समेत गरी कुल चौध लाख पच्चीस हजार दिलाईरभराई दिने फैसला गरेको थियो ।

फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेका निज प्रतिवादीलाई कैद भुक्तानका लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी