मालपोत कार्यालयमा आगलागी

१५ असार २०७६, आईतवार १६:२९ मा प्रकाशित

रासस, कपिलबस्तु, १५ असार । कपिलबस्तुको तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट रु नौ लाखभन्दा बढीको क्षति भएको छ ।

कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचर पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर