विश्वकप छनौटको एसिया फाइनल खेल्ने नेपाली टोलिको घोषणा

१५ असार २०७६, आईतवार १५:३६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ असार । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनौटको एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । आइतबार भएको पत्रकार सम्मेलनमा पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको लागि फाइनल खेल जुलाईमा सिंगापुरमा हुनेछ । जुलाई २२ देखि २८ सम्म हुने एसियाको छनोटमा आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत खेल्नेछन् ।

नेपालले जुलाई २३ मा पहिलो खेल कतारसँग खेल्नेछ । दोश्रो खेल मलेसियासँग, तेश्रो खेल कुवेतसँग र चौथो खेल सिंगापुरसँग खेल्नेछ । शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा ग्लोबल छनोट आयोजना हुनेछ । युएई आयोजकको रुपमा ग्लोबल छनोटमा पुगीसकेको छ ।

टोलिमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर तथा सोमपाल कामी रहेका छन् ।

वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख तथा जितेन्द्र मुखिया रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी