रुँदै मैदान छाडेका स्वारेज भन्छन्, ‘कोपा अमेरिका अर्जेन्टिनाले जितोस्’

१५ असार २०७६, आईतवार १३:१९ मा प्रकाशित

ब्राजिल, १५ असार । उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलबाट आउट भयो । उरुग्वे पेरुसँग पेनाल्टी सुटआउटमा ५–४ पराजित भयो । उरुग्वे बाहिरिनुमा लुईस स्वारेज नै मुख्य कारण बने । उरुग्वेका लागि पहिलो पेनाल्टी प्रहार गरेका उनी पेनाल्टीमा चुके ।

आफूले प्रहार गरेको पेनाल्टीकै कारण बाहिरिएपछि स्वारेज मैदानमै घोप्टो परेर रोए । भावुक बनेर मैदानमै लडे । उनलाई सबै सहकर्मीले पालो सम्झाए । डिफेन्डर डिएगो गोडिनले सँगै च्यापिराखे ।

खेलपछि मिडियाले स्वारेजसँग प्रतिक्रिया मागे । सुरुमा प्रतिक्रिया दिन नमानेका उनले आफ्नै कारण टिम आउट भएको भन्दै देश र फ्यानहरूका नाममा माफी मागे ।

स्वारेजले अब कोपा अमेरिका अर्जेन्टिनाले जितेको आफूले हेर्न चाहेको बताए । अर्जेन्टिनाका लिओनल मेस्सी र स्वारेज घनिष्ट मित्र हुन्, जो बािर्सलोनाबाट सँगै खेल्छन् । ‘अब म अर्जेन्टिनाले उपाधि जितेको हेर्न चाहन्छु । मेस्सी र उनको टिमलाई गुड लक भन्न चाहन्छु ।’

प्रतियोगितामा अब सेमिफाइनलमा अर्जेन्टिनाले आयोजक ब्राजिलसँग खेल्नेछ । यो खेल जुलाई ३ मा हुनेछ । जुलाई ४ मा चिली र पेरुको भिडन्त हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको

काठमाडौँ । आइसिसी टि२० विश्वकप २०२१मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा मंगलबार राति भएको खेलमा पाकिस्तानले

काठमाडौं । दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको सुपर १२