मलाई प्रशंसा जरुरी छैन, कसैले लेख्या भए च्यातिदिनोस्ः प्रधानमन्त्री ओली

१५ असार २०७६, आईतवार १२:३२ मा प्रकाशित

काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको काममा सत्तापक्षीय र प्रतिपक्ष नहुने बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनका समयमा प्रतिस्पर्धी भएपनि निर्वाचनपछि देश विकासमा जुट्नुपर्ने बताए ।

ओलीले नेपालमा सम्भवना अथाहा भएपनि कसले कुन काम कसरी गर्ने भन्नेबारे ठोस योजना नहुँदा विकासले गति लिन नसकेको बताए । आफू नेतृत्वको वर्तमान सरकारले गरेका राम्रा कामको प्रशंसा तारिफ नभए हुने भन्दै प्रधानमन्त्री ओलीले देशको परिस्थतीमा परिवर्तन ल्याएरै छाड्ने दाबी गरे । ‘मैले गरेका राम्रा काम कसैले लेख्छ भने च्यातेर फलिदिए हुन्छ, राम्रो कामको प्रशंसा हुनुपर्छ भन्ने छैन’ उनले भने ।

श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सोमबारसम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने