नासाको क्युरियोसिटी पुग्यो मंगल ग्रहमा

२२ श्रावण २०६९, सोमबार १२:५० मा प्रकाशित

 

काठमाडौं, २२ साउन । रातो ग्रहका रुपमासमेत चिनिने मंगल ग्रहमा जीवको अस्तित्वमाथि २ वर्षे अध्ययनको मिसनसहित अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा पठाइएको अन्तरिक्ष यान आज सफलताका साथ अवतरण गरेको छ । नासाको क्युरियोसिटी यान आज बिहान सवा ११ बजेतिर मंगल ग्रहको सतहमा सफल अवतरण गरेको र अवतरण गरेलगत्तै त्यसले त्यहाँबाट तस्बिरसमेत पठाएको जनाइएको छ । कार आकारको यो रोबोट यानलाई मंगल ग्रहमा पठाउने योजना पूरा हुन १० वर्ष लागेको थियो। प्रक्षेपण भएको ८ महिनापछि यान आज मंगल ग्रहमा अवतरण गरेको हो। मंगल ग्रहको सतहमा अवतरण गरेको यो सबैभन्दा ठूलो यान हो।

नासाले सन् १९९७ देखि मंगल ग्रहको अध्ययनका लागि अन्तरिक्ष यान पठाउन थालेको हो। अहिलेसम्म यसले ३ वटा यान पठाइसकेको छ। सन् १९९७ मा पहिलो पटक पठाइएको सोजोर्नर नामक यान ६५ सेन्टिमिटर लामो थियो र त्यसको तौल पृथ्वीमा १० किलोग्राम थियो। त्यसपछि सन् २००४ मा पठाइएका स्पिरिट र अपच्र्युनिटी उत्तिकै तौल र आकारका थिए। यिनको तौल १ सय ७० किलोग्राम थियो भने लम्बाई १ दशमलव ६ मिटर थियो। नासाले ग्रहमा पठाइएको यो सबैभन्दा कठिन रोबोट रहेको जनाएको छ।

क्युरियोसिटी यानले मंगल ग्रहमा इतिहासमा कुनै जीवनको चिह्न भएनभएको बारे खोजी गर्नेछ। यो मिसन लस एन्जल्सनजिकै रहेको जेट प्रोपुल्सन ल्यावरोटरीबाट निगरानी तथा नियन्त्रण गरिएको छ। यान मंगलमा अवतरण भएलगत्तै ट्विटरमार्फत् अमेरिकी राष्ट्रपति बाराक ओवामाले ुयो महत्वपूर्ण उपलव्धीलाई वास्तविकतामा परिणत गर्न सकेकोमा नासामा कार्यरत सबैलाई म बधाई तथा धन्यवाद दिन चाहन्छु,ु भन्दै बधाई दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको