अर्थमन्त्री डेनमार्क प्रस्थान

१ चैत्र २०६८, बुधबार ०९:२५ मा प्रकाशित


काठमाडौं, १चैत । अर्थमन्त्री वर्षमान पुन डेनमार्क र फिनल्याण्डको भ्रमणका लागि बुधवार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ थाई एयरको विमानबाट आज अपरान्ह १ः५० बजे त्रिभुवन अन्तर्राष्टिय विमान स्थलबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
डेनिस अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (डानिडा)ले आफ्नो स्थापनाको पचासौं वर्षको अवसरमा कोपन हेगनमा आयोजना गरेको ‘परिपर्तित विश्वमा विकासनीति’ विषयक मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्न अर्थमन्त्री डेनमार्क जानु भएको हो । डेनमार्कका अन्तर्राष्ट्रिय विकासमन्त्रीको निमन्त्रणामा उहाँ डेनमार्क जान लाग्नुभएको हो । कोपन हेगनमा उक्त सम्मेलन चैत २ र ३ गते सञ्चालन हुने छ । सम्मेलनमा उहाँले नेपालकोतर्फबाट विकास नीतिका बारेमा धारणा राख्नुहुने छ । डानिडा डेनमार्कको सरकारी सहयोग निकाय हो । सम्मेलनपछि अर्थमन्त्री पुनले डेनमार्कका उच्च सरकारी अधिकारीहरुसँग छलफल गर्नुहुने छ । उहाँले छलफलमा नेपालमा लगानी गर्न र सहयोग गर्न आग्रह गर्नुहुने छ ।
डेनमार्कको भ्रमणपछि अर्थमन्त्री पुनले फिनल्याण्डको भ्रमण गर्नुहुने छ । फिनल्याडका अन्तर्राष्ट्रिय विकासमन्त्रीको निमन्त्रणामा हुने भ्रमणको क्रममा द्विपक्षीय आर्थिक सहायताको बारेमा वार्ता हुने छ । त्यहाँ रहँदा उहाँले उच्च सरकारी अधिकारी तथा निजी क्षेत्रसँग पनि नेपालमा लगानी सम्बन्धमा छलफल गर्नुहुने छ । भ्रमण दलमा अर्थमन्त्रालयका सहसचिव लालशंकर घिमीरे र आर्थिक सल्लाहाकार श्रीराम पौडेल सहभागी हुनुहुने छ ।
दुई दुई देशको औपचारिक भ्रमण सकेर उहाँ चैत ८ गते मध्यान्ह १२ बजे नेपाल फर्कनुहुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी