मध्य असारमा ११ प्रतिशत रोपाइँ, धान उत्पादन घट्न सक्ने !

१५ असार २०७६, आईतवार १०:०२ मा प्रकाशित

काठमाडौँ, १५ असार । मनसुन ढिलो गरी सुरु भएका कारण यसवर्ष मध्य असारमा पनि पानी पर्न सकेको छैन । हालसम्म नेपालभर जम्मा ११.६४ प्रतिशत मात्र रोपाइँ सकिएको छ । गत वर्षको तुलनामा ३.४५ प्रतिशत कम हो । गत वर्ष असार १५ सम्म देशभर १५.०९ प्रतिशत रोपाइँ भएको थियो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले उच्च पहाडमा २६.३१ प्रतिशत र मध्य तराईमा १५.१२ प्रतिशत रोपाइँ सकिएको भनेको छ । तराईमा जम्मा ९.५९ प्रतिशत मात्र रोपाइँ भएको छ । तराईमा धान रोपाइँ १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रमा हुन्छ । तर, १५ असारसम्म जम्मा १ लाख ५ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।

उत्पादन घट्न सक्ने
यस वर्ष ५ प्रतिशतले धान उत्पादन घट्ने कृषि मन्त्रालयको अनुमान छ । मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार धानको उत्पादन ५ प्रतिशत घट्ने अनुमान गरिएको छ । मौसममा हुने परिवर्तनले यो तथ्यांक परिवर्तन पनि हुनसक्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१