प्रदीप गिरीको चिन्ता, ‘पुस्तक पसलको ठाउँमा रक्सी पसल खुले’

१३ असार २०७६, शुक्रबार १८:३५ मा प्रकाशित

काठमाडौँ, १३ असार । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पुस्तकमाथि दश प्रतिशत भन्सार लिने व्यवस्था हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले कर लगाउँदा पुस्तक पढ्ने संस्कृतिलाई असर पर्ने भन्दै हटाउन माग गरे ।

उनले भने, ‘पुस्तकका सौखिनहरू सत्तारुढ दलमा भएको र स्वयं विद्वान प्रधानमन्त्रीका पालामा पुस्तकमा कर किन ?’ सांसद गिरीले राजधानीका ७५ प्रतिशत पुस्तक पसल बन्द भएर ती ठाउँमा सुन र रक्सी पसल खुलेको दाबी गरे । उनले भने, ‘कर भनेको आर्थिक विषय मात्रै होइन नीतिगत कुरा पनि हो, विद्धान अर्थमन्त्रीज्यूले यो कुरा बुझ्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार