नागरिक उड्ड्ययन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त

१३ असार २०७६, शुक्रबार १७:५१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ असार । नेपाल नागरिक उड्ड्ययन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई महानिर्देशकमा नियुक्त गरेको हो । पोखरेल प्राधिकरणका १२ औं तहका ५ उपमहानिर्देशकमध्ये वरिष्ठ उपमहानिर्देशक थिए ।

यसअघिका महानिर्देशक सञ्जीव गौतमको जेठ १३ गते ४ वर्षे कार्याकाल पूरा भएको थियो । गौतमको अवकाशपछि पोखरेलले नै निमित्त महानिर्देशको जिम्मेवारी सम्हालेका थिए ।

उनले बिहिबार क्याविनेटले निर्णय गरेको र केहीबेर अघिमात्रै आफूले महानिर्देशकमा नियुक्त भएको पत्र बुझेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी