कोपा अमेरिकाः अर्जेन्टिना भर्सेस भेनेज्वेला, ‘हेड टु हेड’मा को बलियो ?

१३ असार २०७६, शुक्रबार १७:१४ मा प्रकाशित

ब्राजिल, १३ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आज दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ । नेपाली समयअनुसार शनिबार बिहान १२ः४५ बजेबाट सुरु हुने खेलमा अर्जेन्टिना र भेनेज्वेला भिड्दैछन् ।

अर्जेन्टिना समूह ‘बी’बाट उपविजेता बनेर अन्तिम आठमा पुग्दा भेनेज्वेला पनि समूह ‘ए’को उपविजेजता बनेको थियो । पछिल्लो पटक गत मार्चमा स्पेनमा यी दसई टिमले मैत्रीपूर्ण फुटबल खेलेका थिए । त्यतिबेला मेस्सीसहितको अर्जेन्टिनालाई भेनेज्वेलाले ३–१ ले निराश बनाएको थियो ।

विगतमा यी दुई देशको रेकर्ड कस्तो छः

कूल खेल संख्या – २५
अर्जेन्टिना विजयी – २१
भेनेज्वेला विजयी – २
बराबरी – २

यो तथ्यांक हेर्दा अर्जेन्टिना भेनेज्वेलाभन्दा निकै शक्तिसाली देखिन्छ । सन् १९५६ देखि सन् २०११ सम्मको अवधिमा अर्जेन्टिनाले भेनेज्वेलाविरुद्ध खेलेका सबै १९ खेल नै जितेको थियो । त्यसयताका ६ खेलमध्ये अर्जेन्टिनाले दुई खेल हार्दा दुई खेल बराबरी गरेको थियो ।

पछिल्ला ५ खेलको नतिजाः

२२ मार्च, २०१९ः अर्जेन्टिना १ – ३ भेनेज्वेला
५ सप्टेम्बर २०१७ः अर्जेन्टिना १–१ भेनेज्वेला
६ सेप्टेम्बर २०१६ः अर्जेन्टिना २–२ भेनेज्वेला
१८ जुन २०१६ः अर्जेन्टिना ४–१ भेनेज्वेला
२२ मार्च २०१३ ःअर्जेन्टिना ३–० भेनेज्वेला

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल