लोकतन्त्रमाथिको प्रहार नरोके सरकार ढालिदिने सभापति देउवाको चेतावनी

१३ असार २०७६, शुक्रबार १५:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बारम्बार लोकतन्त्रमाथि प्रहार जारी राखे सरकार ढालिदिने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’

देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयक कुनै पनि हालतमा पारित हुन नदिने अडान पनि दोहोर्याए । पार्टीनिकट स्थानीय तहका कर्मचारीले आयोजना गरेको कार्यक्रममा देउवाले स्थानीय तहमा वर्षौदेखि काम गर्दैै आएका अस्थायी कर्मचारीलाई सरकारले स्वतः स्थायी नगरे काङ्ग्रेसले आन्दोलन थाल्ने चेतावनी पनि दिए ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभाव गरिए काङ्ग्रेसलाई सैह्य नहुने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट

आजको प्रमुख समाचार