युवतीमाथि काँटी प्रहार गर्ने कार्की को हुन् ?

१३ असार २०७६, शुक्रबार १४:५२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ असार । राजधानीमा युवतीमाथि तिखो बस्तु प्रहार हुन थालेपछि सर्तकता अपनाउन थालिएको छ । प्रहरीले रोग सार्ने नियतले सिरिन्ज आक्रमण भएको हुन सक्ने भन्दै आक्रमणमा परेका युवतीलाई एचआईभि एसड् विरुद्दको औषधि नै खुवाएको छ । यसरी आक्रमण गर्ने शन्तोष कार्कीलाई प्हरीले पक्राउ गरेको छ ।

को हुन् कार्की ?

दिनदिनै यस्ता घटना बाक्लिन थालेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यसैक्रममा शंकास्पद एक व्यक्तिलाई प्रहरीले राजधानीबाट बिहिबार राती पक्राउ गर्यो । पक्राउ परेका व्यक्ति हुन् रामेछापको खाँडादेवी गाउँपालिका–३ का शन्तोष कार्की ।

उनी १२ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका व्यक्ति हुन् । कार्कीले भगवती मावि खाँडादेवीबाटै २०६० सालमा सेकेन्ड डिभिजनमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए ।

त्यसपछि उनी अध्ययनका लागि भन्दै काठमाडौं आएका थिए । काठमाडौं क्याम्पस ताहचलमा भर्ना भएका उनले कक्षा ११ को परीक्षा दिएनन् । गोदावरीस्थित भ्यू भ्याली होटलमा वेटरको काम गर्न थाले । त्यहाँ काम सिकेर उनी २०६९ सालमा साउदी अरब गएको देखिएको छ ।

साउदीमा उनले वर्गर कम्पनीमा ५ वर्ष काम गरे । साउदीमा ५ वर्ष काम गरेपछि उनी २०७४ अन्तिमका नेपाल फर्किएका थिए । विदेशबाट कमाएर ल्याएको पैसाले उनले महाराजगन्जको भाटभटेनी सुपर मार्केटअगाडि ५५ लाख रुपैयाँ लागतको फास्टफुड रेस्टुरेन्ट खरिद गरी सञ्चालन गर्दै आएका थिए ।

के हुन्छ कारबाही ?

कार्कीलाई मुलुकी अपराध संहिता ऐन २०४७ को परिच्छेद ५ को दफा १०४ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । उक्त दफा अनुसार कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने वा कुनै रौग फैलाउने नियतले काम गर्न नहुने उल्लेख छ । सोहीअनुसार प्रहरीले मुद्दाअगाडि बढाएमा १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

आजको प्रमुख समाचार