युवतीमाथि सिरिन्ज प्रहार गर्ने युवक सार्वजनिक

१३ असार २०७६, शुक्रबार १३:०२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ असार । युवतीमाथि श्रृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहिबार राती पक्राउ परेका सन्तोष कार्कीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । महिलामाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण हुँदै आएको छ ।

पक्राउ परेका कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको तर किला÷काँटीले रमाइलोका लागि युवतीलाई घोच्ने गरेको स्वीकार गरेका छन् । उनले ढल्कु र पकनाजोल घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।

काठमाडौ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले भने, ‘उनले सिरिन्जले हानेको नभई सुरु सुरुमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् ।’ कार्की महाराजगञ्जमा होटल व्यवसाय गर्ने र राति होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जाँदा बाटोमा माहिलामाथि आक्रमण गर्थे ।

प्रहरीले अनुसन्धानको क्रममा घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । कार्कीको घर रामेछाप भएको खुलेको छ ।

रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने भन्दै पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१