‘धर्ती माता हुँ’ भन्दै युवतीलाई यातना दिने महिला पक्राउ

१३ असार २०७६, शुक्रबार १२:३४ मा प्रकाशित

काठमाडौँ, १३ असार । आफूलाई ‘धर्ती माता हुँ’ भन्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । धर्ती माता हुँ भन्ने महिलाले राजधानीको भद्रकाली मन्दिरमा हप्ता दिन अघि एक युवतीलाई यातना दिएकी थिईन् ।

पक्राउ पर्ने महिला बुटवलकी विष्णु कुँवर हुन् । प्रहरीले उनीसँग बिहिबार टेलिफोन कुराकानी गरेको थियो । तर उनले आफू बस्ने ठाउँ भनेकी थिइनन् ।

यसअघि पनि प्राकृतिक विपत्ति र भुकम्प आउँछ भन्दै नागरिकमा आतंक सिर्जना गरेका कारण आफुलाई युवा ज्योतिष भन्ने अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।