चक्काजाम भोली पनि ः युवा संघ

२२ श्रावण २०६९, सोमबार ०९:५५ मा प्रकाशित


काठमाडौं, २२ साउन । एमाले निकट युवा संघको चक्काजामले उपत्यकाको जनजीवन प्रभावित भएको छ । बाबुराम भट्टराई सरकारको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको युवा संघले सोमबार बिहान पनि उपत्यकामा ६ बजेदेखि १० बजेसम्म चक्काजाम एवम् विरोधमा नाराजुलुस कार्यक्रमको आह्वान गरेको थियो ।
राजीनामा गरी सहमतीय सरकार निर्माणको बाटो खोल्न भट्टराई सरकारलाई दबाब दिन संघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । संघले यसअघि बिदाका दिन हिंड्ने सरकारी सवारी नियन्त्रणमा लिएको थियो भने शनिबार साँझ मसाल जुलुस निकालेको थियो । भोली मंगलबार बिहान पनि आजकै सेड्युलअनुसार चक्काजाम कार्यक्रम आयोजना गर्ने संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका