मन्त्री हेरफेरको हल्ला निराधारः मन्त्री बास्कोटा

१२ असार २०७६, बिहीबार १८:०१ मा प्रकाशित

काठमाडौँ, १२ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्री फेर्ने हल्ला निराधार भएको टिप्पणी गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरु सबै इमानदार भएको दाबी गर्दै तैपनि प्धानमन्त्रीले मूल्याङ्कन गरिहेको हुनसक्ने बताए । मन्त्री फेर्ने नफेर्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएको उनको भनाई छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले मन्त्रीमण्डल फेरबदलको कुरा कहिलेकाहीँ चल्नु सामान्य भएपनि निरन्तर चलिरहनुलाई सामान्य रुपम ालिन नसकिने बताए । मन्त्रीहरूले इमानदार रहेको दोहोर्याउदै बास्कोटाले भने, ‘एउटै कक्षामा पढेका विद्यार्थीको पनि समान क्षमता हुँदैन, मन्त्रीहरूको पनि उस्तै हो । प्रधानमन्त्री ज्यूले मूल्याङ्कन गर्नुभएकै होला ।”

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी