५ भारतीयले लिएको नेपाली नागरिकता रद्द

१२ असार २०७६, बिहीबार १७:३५ मा प्रकाशित

काठमाडौँ, १२ असार । सरकारले पाँच जना भारतीयले लिएको नेपाली नागरिकता रद्द गरेको छ । धनुषा, सप्तरी र रौतहट जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता लिएका ५ जनाको नागरिकता रद्द गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

सप्तरीबाट नागरिकता लिएका जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिएका धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट नागरिकता लिएका जमुना राउत भन्ने यमुना सिंह र कृपाली राउत भनिने कृपाली सिंहको नागरिकता रद्द गरिएको हो ।

सरकारले भारतीयलाई नेपाली नागरिकता दिलाउन मद्दत गर्ने अधिकारीविरूद्ध अनुसन्धान सुरु गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले