राष्ट्र बैंकले विकास बैंकलाई भन्यो,‘अवस्था नसुधारे फाइनान्समा झर्न सक्छौ’

१२ असार २०७६, बिहीबार १७:०१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई असार मसान्त भित्र स्प्रेड रेट कायम गर्न नसके ५ लाखसम्म जरिवाना तिराउने चेतावनी दिएको छ । विकास बैंकका सीइओ र अध्यक्षलाई बोलाएरै राष्ट्र बैंकको निर्देशन नमान्ने बैंकहरुमाथि कडा रुपले प्रस्तुत हुने चेतावनी दिएको हो ।

राष्ट्र बैंकले टेक्नोलोजिको प्रयोग नगर्ने, एनएफआरएस लागु गर्न नसक्ने, विभिन्न बहानामा राष्ट्र बैंकका निर्देशन नमान्ने तथा कमजोर अवस्था भएका बैंकहरुको निगरानी गरिरहेको भन्दै मौद्रिक नीति अगावै त्यस्ता बैंकहरुले उपयुक्त पाटनर्र खोजेर गाभीने तयारी गर्न निर्देशन दिएको छ ।

विकास बैंकहरुको तर्फबाट महालक्ष्मी विकास बैंकका सिइओ कृष्णराज लामिछानेले विकास बैंकको अस्तित्वका सम्बन्धमा प्रश्न गरेका थिए । जवाफमा राष्ट्र बैंकले संस्थागत सुशासनको पालना गर्ने र राम्रो अवस्थाका विकास बैंकलाई समस्या नहुने भनै कमजोर विकास बैंकहरु फाइनान्स कम्पनीमा झर्न सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर