‘एसइई’को नतिजा प्रकाशित

१२ असार २०७६, बिहीबार १६:१५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष चैत १० गतेदेखि ३० गतेसम्म सञ्चालित परीक्षाको नतिजा बिहिबार प्रकाशित गरेको हो ।

एसईईको नतिजा टेलिफोन, मोबाइल एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । १६०० नम्बरमा फोन गरेपछि आवश्यक निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेर नतिजा थाहा पाउन सकिने छ ।

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सक्नेछन् । यस्तै ३१००३, ३१००७, ३४९४९, ३५००१ नम्बरमा आफ्नो सिम्बल नम्बर एसएमएस पठाउँदा पनि नतिजा थाहा हुन्छ ।

एसएमएससँगै वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री देउवा

काठमाडौँ ।पाँच राजनीतिक दलको गठजोडमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोे सय दिन पूरा भैसकेको छ । मुलुकभित्र जारी राजनीतिक गतिरोधका कारण

आजको प्रमुख समाचार