गुरुद्वारमा बन्दुकधारीले गोली चलाउंदा सातको ज्यान गयो

२२ श्रावण २०६९, सोमबार ०९:३७ मा प्रकाशित

काठमाडौं, साउन २२ । अमेरिकाको विस्कान्सीन राज्यको वक क्रिक शहरस्थित एक गुरुद्वारमा गोली हानाहान हुंदा सातजनाको ज्यान गएको छ । एजेन्सीहरुले जनाएअनुसार चारजनालाई गुरुद्वार भित्रै र तीनजनालाई बाहिर पार्किंगमा मृत अवस्थामा भेटिएको थियो । मारिएकामध्य गोली हान्ने व्यक्तिसमेत रहेको र उक्त व्यक्ति प्रहरी कारबाहीमा मारिएको हुनसक्ने बताइएको छ ।
स्थानीय समयअनुसार आइतबार बिहान १० बजेतिर भएको उक्त घटनामा एक प्रहरीसहित तीन दर्जनजति घाइते भएका छन् । घटना भएको गुरुद्वाका अध्यक्षसहितका घाइतेहरुलाई अस्पताल लगिएको छ भने गुरुद्वारलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको बताइन्छ ।
आइतबार बिहान गुरुद्वारमा मानिसको बाक्लो उपस्थिति हुनेवित्तिकै गोली चलेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै उजेन्सीहरुले उल्लेख गरेका छन् । त्यहां भारतबाट गएका कुनै नेताले भाषण दिने कार्यक्रमसमेत रहेको बताइएको छ । आक्रमण सनियोजित रहेको अनुभूति आफूलाई भएको एक घाइतेले बताए ।
सन् १९८० मा निर्मित उक्त गुरुद्वारमा आइतबारका दिन सयौं मानिस भेला हुने गरेका थिए । दुई साताअघि मात्र पनि अमेरिकाको कोलोराडोस्थित एक सिनेमा घरमा पनि यस्तै आक्रमण भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको