‘धर्ती माता’ हुँ भन्ने महिला अनुसन्धानको घेरामा

१२ असार २०७६, बिहीबार १४:३७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १२ असार । आफूलाई ‘धर्ती माता’ हुँ भन्दै दाबी गर्ने महिलाले युवतीलाई यातना दिएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा हप्ता दिन अघि ती महिलाले युवतीलाई यातना दिएकी थिईन् ।

सामाजिक सञ्जालमा ती महिलाले युवतीलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो । युवतीलाई कुटपिट गर्ने महिला बुटवलकी विष्णु कुँवर भएको खुलेको छ । प्रहरीले उनीसँग टेलिफोनमा कुराकानी गरेपनि ती महिलालले ठेगाना बताएकी छैनन् । उनलाई प्रहरीले बोलाए पनि उनले आउने नआउने विषयमा केही बोलेकी छैनन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पीडितको पहिचान भएपछि थप कारबाही अघि बढ्नेछ ।

यसअघि पनि प्राकृतिक विपत्ति र भुकम्प आउँछ भन्दै नागरिकमा आतंक सिर्जना गरेका कारण आफुलाई युवा ज्योतिष भन्ने अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार