तीन दिनभित्र रकम दाबी गर्न मेलम्ची आयोजनाको आग्रह

१२ असार २०७६, बिहीबार १३:१५ मा प्रकाशित

रासस, १२ असार । मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो ।

कार्यदलले आयोजना निर्माणको काम इटालियन कम्पनी सीएमसीले छाडेपछि बाँकी रकमको माग गर्दै आन्दोलन गरिरहेकालाई तीन दिनभित्र आधिकारिक प्रमाणसहित आफ्नो भुक्तानी लिन बाँकी रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई यसअघि फर्काइदिएका स्थानीय ठेकेदारले गत सोमबार बसेको बैठकमा भएको दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका हुन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाइमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो । असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाइ नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका