वेष्ट इन्डिजका ब्याट्सम्यान गेलद्वारा सन्यास लिने उद्घोष

१२ असार २०७६, बिहीबार १२:०७ मा प्रकाशित

वेष्ट इन्डिज, १२ असार । वेष्ट इन्डिजका ३९ वर्षिय बिष्फोटक ब्याट्सम्यान क्रिस गेलले सन्यास लिने भएका छन् । उनले भारतका बिरुद्ध अगष्ट देखि सेप्टेम्बरमा हुने टेष्ट र वान डे सिरिज खेलेर सन्यास लिने भएका हुन् ।

उनले यसअघि विश्वकपको समाप्तिपछि सन्यास लिने इच्छा देखाएका थिए । तर बुधबार उनले आफूले अन्तिम खेल भारत बिरुद्ध जमैकाको क्रिस्टन मैदानमा खेलेर सन्यास लिन चाहेको बताएका छन् । यदि वेष्ट इन्डिजको बोर्डले गेलको प्रस्ताव मानेको खण्डमा स्टीभ वा (२००४), ज्याक्स कैलेश (२०१३) तथा एलिस्टर कुक (२०१९) पछि भारत बिरुद्ध सिरिज खेलेर सन्यास लिनेमा उनको पनि नाम सामेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति