पोखरामा भारतीय गाडीद्वारा ५ सवारीमाथि ठक्कर

१२ असार २०७६, बिहीबार १२:०४ मा प्रकाशित

पोखरा, १२ असार । पोखरामा भारतीय गाडीले ५ वटा सवारी साधनमा ठक्कर दिएको छ । पोखराको हल्लनचोकमा बुधबार दिउँसो एचआर ०९ एल ०००९ नम्बरको भारतीय गाडीले एक पैदल यात्री, एक ट्याक्सीसहित ५ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट पोखरा १८ भकुण्डेका ८३ वर्षीय पद्म बहादुर गुरुङ गम्भिर घाइते भएका छन् । सृजनाचोकस्थित मेट्रोसिटी हस्पिटलको सघन कक्षमा उपचाररत उनको अवस्थामा सुधार नआएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । घाइते अन्य दुई जनाको अवस्थामा भने सामान्य सुधार आएको छ ।

चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको प्रहरीले जनाएको छ । विदेशी र स्वदेशी गाडीले गल्ती गर्दा कारबाही प्रक्रिया भने एउटै लागु हुने डिएसपी केसीले बताए । विदेशी गाडीको हकमा फरक नियम नभएको उनको भनाई छ । उक्त गाडीले गाइलाई पनि ठक्कर दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत