फोहोरको थुप्रोमा भेटिएका शिशुको गरियो न्वारन

२२ श्रावण २०६९, सोमबार ०८:३५ मा प्रकाशित

जनकपुर, २२ साउन । महिनादिन अघि जनकपुरको स्मशानघाट छेउमा भेटेको नवजात शिशुको अनाथालयमा न्वारन गरिएको छ। जन्मेको केही घण्टामात्र भएको अवस्थामा सालनालसहित नगरको फोहोर फाल्ने ठाउँमा फालिएको उक्त बालिकालाई स्थानीय मदन अघोरीले आफ्नो घरमा लगेर महिना दिनसम्म पाले। अघोरीले शिशुको आवश्यक स्याहार गर्न नसक्ने भएपछि जिल्ला प्रशासन कार्यालयले अनाथालयको जिम्मा लगायो।
आइतबार सदुरु कबीर अनाथ बाल वात्सल्य आश्रममा न्वारन गर्दै उद्योगी बबिता सर्राफले उक्त शिशुको नाम ुअर्पनाु जुराइदिइन्। आश्रममा भित्रिएको छ दिनपछि मैथिली परम्पराअनुसार आयोजित न्वारन समारोहमा मारवाडी महिला मञ्चकी अध्यक्ष सुधादेवी केजरीवाल, उपाध्यक्ष चन्दादेवी अग्रवाल, मारवाडी युवा समाजका अध्यक्ष गौरव अग्रवाल, जानकी फाइनान्सका अध्यक्ष गंगाप्रसाद साह, बालरोग विशेषज्ञ डा।प्रमोद यादव लगायत समाजसेवी, उद्योगपति, प्राध्यापक र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो।
सद्गुरु कबीर अनाथ बाल बात्सल्य आश्रममा अर्पना आठौं शिशुको रुपमा भित्रिएकी हुन्। अर्पनाअघि विभिन्न समयमा आश्रममा आएका बालबालिकाहरु क्रमशः देशना, अराधना, साधना, बन्दना, अर्चना, चिराग र सम्भावना हुन्। तीमध्ये चिराग बालक छन् भने बाँकी सबै बालिका। गर्भमा समय नपुग्दै जन्मेकी अर्चनाको तीन महिना अघि पखाला लागेर मृत्यु भएको छ। बाँकी बालबालिका स्वस्थ रहेको आश्रमकी माता मिराले बताइन्।

आश्रममा विभिन्न माध्यमले आइपुगेका आठ जना बालबालिका मध्ये छ जना वर्ष दिन भित्रै आएका छन्। अर्पना आश्रममा आएको छ दिन भयो। सम्भावनाको तीन हप्ता अगाडी आश्रममै न्वारन गरिएको थियो। यस्तै सात महिना अघि चिराग, आठ महिना अघि अर्चना र नौ महिना अघि बन्दना आश्रममा भित्रिएका हुन्। दुई वर्ष अगाडि अराधना र तीन वर्ष अगाडी देशना आएकी थिइन्।

आश्रमको यो तथ्यांक अनुसार नवजात शिशु बेवारिस फाल्ने क्रम दिनानुदिन बढ्दो छ। एउटा जिल्लामा वर्ष दिनमै आधा दर्जन जिउँदै शिशु फोहोर र झाँडीमा फालिएको खबर समाजिक विकृतिको पराकाष्ठालाई छर्लङ्ग पारेको छ। आश्रमका संस्थापक तथा व्यवस्थापक सत्यनारायण आलोक भन्छन्, ुआश्रममा आइसकेका बालबालिकाको उचित स्याहार गर्न सहयोगी हातहरुलाई आहवान गर्छु तर, आफैले जन्माएको शिशु झाँडीमा फाल्ने सामाजिक विकृति रोक्नसमेत सरोकारवालालाई अग्रसर हुन मेरो आग्रह छ।ु

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ