सरकारी गाडीमा लक लगाउने ट्राफिकलाई धन्यवाद, गृह मन्त्रालय भन्छ, ‘जरिवाना तिर्छौँ’

११ असार २०७६, बुधबार १६:४२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ११ असार । गृहमन्त्रालका उच्च अधिकारीको गाडीमा लक लगाउने ट्राफिक प्रहरीलाई ट्राफिक महाशाखाले धन्यवाद दिएको छ । ट्राफिक नियम उल्लंघन गरी बुधबार सिंहदरबारको पूर्वी गेट छेउमा रोकिएको अवस्थामा ट्राफिक जवानले लक लगाइदिएका थिए ।

गाडीमा ह्वील लक गरेपछि गृहमन्त्रालयको ठाडो निर्देशनमा एक घण्टा पनि नवित्दै महाशाख वोलाइएका ट्राफिकलाई महाशाखाले धन्यवाद दिएर कार्यक्षेत्रमा पठाएको छ । मन्त्रालयको बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीलाई ट्राफिकले कारबाही गरेका थिए ।

महाशाखाले ट्राफिक नियम पालना गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कामको प्रशंसा गरेको छ ।

कारबाहीमा परेको गाडी गृहमन्त्रालय मातहतको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको रहेको खुलेको छ । उक्त गाडी आवश्यकता पर्दा जुनसुकै शाखा र महाशाखाका प्रमुखहरुले प्रयोग गर्ने गरेका छन् । गृहले ट्राफिकले एक हजार रुपैयाँको चिट काटेको भन्दै उत्तः जरिवाना तिर्न तयार रहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने