लोकसेवाको विज्ञापन मुद्दामा सुनुवाई हुन सकस

११ असार २०७६, बुधबार १४:५६ मा प्रकाशित

काठमाडौँ, ११ असार । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी मुद्दामा अन्तिम फैसला लम्बिएको छ । विज्ञापनका सम्बन्धमा परेका सबै रिट निवेदन एकै ठाउँमा ल्याएर बहस गराएको सर्वोच्च अदालतले बुधबार सुनुवाई गर्ने भनेपछि राज्य व्यवस्था समितिलाई सूचना नपुगेपछि स्थगित भएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले बुधबार अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ ।

रिटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएकाले अन्तरिम आदेश दिन समितिका प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्नेमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश भएको सर्वोच्च अदालतले जनाएको छ ।

लोकसेवा आयोगको विज्ञापन रोक्न र करारमा कर्मचारी भर्ना गर्न दिएको समितिले दिएको निर्देशन कानून विपरीत भन्दै अधिवक्ता राजाराम घिमिरेले राज्य व्यवस्था समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।

बुधबार सुनुवाई स्थगित भएपछि अर्को सुनुवाई आइतबारका लागि तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी