मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

११ असार २०७६, बुधबार १३:३४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ११ असार । बुधबार मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ । देशका अधिकांश भुभागहरुमा सामान्य बदलि भइ देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ मौसम विभागले जनाएको छ ।

राति देशैभरि आंशिक देखि सामान्य बदलि भइ देशका पुर्व र मध्यका केहि स्थान र पश्चिमी भेगमा वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

विभागले देशको मध्य र पूर्वी तराईका भूभागहरुमा मेघ गर्जन गराउने घना बादल विकास भइ केहि स्थानहरुमा मेघ गर्जन भइरहेको जनाएको छ । यो मौसमी प्रणाली उत्तर पश्चिमतिर सर्ने क्रममा रहेको छ ।

आज पूर्वमा झापा, मोरङ, सुनसरी लगायत प्रदेश नम्बर २ को चुरे र तराईबाट बहने साना नदी जलाधारहरूको केही स्थानमा क्षणिक मध्यम देखि भारी बर्षा हुन सक्ने भएकाले स–साना खोलाहरूमा वहाव आकस्मिक बढ्न सक्ने अनुमान गरिएको छ । नदी तटीय क्षेत्रमा सतर्क रहन विभागले भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय