अपर तामाकोशीको साधारणसभा स्थगित

११ असार २०७६, बुधबार १२:३२ मा प्रकाशित

काठमाडौँ, ११ असार । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारणसभा स्थगित भएको छ । बुधबारको लागि तय भएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो ।

कम्पनी ऐन २०६३ अनुसार साधारणसभामा प्रस्ताव पारित गर्नको लागि कम्तिमा ६७ प्रतिशत शेयरधनी उपस्थिति हुनु पर्ने छ । स्वयम् र प्रोक्सीमा समेत गरी गणपुरक संख्या नपुगेपछि सभा स्थगित भएको हो । सभामा ५६ प्रतिशत शेयरधनी मात्र उपस्थित भएका थिए ।

कम्पनीले अब नियम अनुसार अर्को साधारणसभा आह्वान गर्ने छ । साधारणसभामा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र ४ जना संचालकको निर्वाचान गर्ने एजेण्डा थियो ।
४ जनाको लागि १२ जनाले उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।