चट्याङ लागेर तीन जनाको मृत्यु

११ असार २०७६, बुधबार १०:०२ मा प्रकाशित

रुपन्देही, ११ असार । रुपन्देहीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङमा परेर सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्रबहादुर विक छन् ।

अपराह्न घर नजिकै गाईवस्तु चराउने क्रममा एक्कासी चट्याङ परेर घाइते भएका विकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

त्यसैगरी कञ्चन गाउँपालिका वडा नंं २ वसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्यालको मृत्यु भएको प्रहरीले बताएको छ । यता गैडहवा गाउँपालिका–७ वर्गदैया बस्ने राम जीत लोधका २५ वर्षका छोरा भागवतदास लोधको पनि चट्याङ लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्य पूराले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ