पल्सर अवार्डको मनोनयन सार्वजनिक

१० असार २०७६, मंगलवार १९:११ मा प्रकाशित

काठमाडौँ, १० असार । पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्डको चार वटा विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

उत्कृष्ट पुरुष खेलाडीमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का, जुडोका इन्द्र बहादुर श्रेष्ठ, क्रिकेटकै सोमपाल कामी र गल्फका शुक्रबाहदुर राई मनोनयनमा परेका छन् ।

उत्कृष्ट महिला खेलाडीतर्फ फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ प्रधान मनोनयनमा परेका छन् ।

युवा खेलाडीतर्फ एथलेटिक्सका अजितकुमार यादव, ब्याडमिन्डनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।

प्रशिक्षक तर्फ प्याराग्लाइडिङका योगेश भट्टराई, फुटबलका हरि खड्का, एथ्लेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगट टमाटा र भलिबलका ज्ञानेन्द्र विष्ट मनोनयनमा परेका छन् ।

आयोजकले पिपल्स च्वाइस अवार्डको मनोनयन यसअघि नै सार्वजनिक गरेको थियो । उक्त अवार्डमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा परेका छन् ।

मन्चले पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन खेलकुद पत्रकार अवार्डमा पनि पुरस्कार प्रदान गर्ने जनाएको छ ।

वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडि, पिपल्स च्वाइस र प्रशिक्षक अवार्डको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । विजेताको घोषणा असार १७ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल