नेपाल एयरलाइन्सका लागि ऋण खोज्दै सरकार

१० असार २०७६, मंगलवार १५:१४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० असार । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल नेपाल एयरलाइन्सका लागि सरकारले ऋण सहायता खोजिरहेको बताएका छन् । प्रतिनिधि सभामा पर्यटन मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको प्रधानमन्त्रीका तर्फबाट जवाफ दिदैँ खतिवडाले एनएसीका लागि सरकारले ऋण र व्यवसायिक साझेदार खोजिरहेको बताएका हुन् ।

नेपाली कांग्रेस सांसद सञ्जय गौतमले नेपाल वायुसेवा निगम सेतो हात्ती बनेको टिप्पणी गरेका थिए । नेकपाकी नेत्री रामकुमारी झाँक्रीले पनि ‘नेपाल वायु सेवा निगमको म्यानेजमेन्ट खत्तम भएको, बिजनेश प्लान नभएको र गन्तव्यविहिन अवस्थामा पुगेको’ भन्दै आलोचना गरेकि छिन् । ‘किस्ता पनि तिर्न सक्दैन भन्ने अवस्था आएको छ, सरकारले के सोचेको छ ?’ झाँक्रीले प्रश्न गरिन् ।

जवाफमा अर्थमन्त्री खतिवडाले निगमको चिन्ता सरकारलाई पनि भएको बताए । खतिवडाले भने, ‘जापानमा ओसाका, टोकियो र चीनमा केही प्रक्रिया अगाडि बढेको छ । केही लामो दुरीका र मध्यम दुरीमा हवाइ सम्झौता अगाडि बढ्दैछन् ।’

अर्थमन्त्री अतिवडाले युरोपियन युनियनको कालोसूचीबाट हट्न नागरिक उड्ययन प्राधिकरणको जिम्मेवारी नै विभाजन गर्न लागिएको जानकारी पनि संसदमा दिएका छन् । यसका लागि कानुन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

खतिवडाले प्रदेशपिच्छे अन्तराष्ट्रिय विमानस्थलको माग भएको भन्दै सरकारले अध्ययन गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

छत्र मैनाली कोलम्बिया । अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अगामी आइतबार स्कटल्याण्ड जाँदैछन् । मुलुकको प्रधानमन्त्री नियुतm भए लगत्तै छिमेकी मुलुक भारतबाटैनै विदेश भ्रमणको