भारतीय टिभी च्यानल बन्द गर्नेविरुद्ध उजुरी

१० असार २०७६, मंगलवार १४:३७ मा प्रकाशित

काठमाडौँ, १० जेठ । विदेशी टिभी च्यानल बन्द गर्ने इन्टरनेट तथा टेलिभिजन व्यवसायीविरुद्द उजुरी परेको छ । उपभोक्ता हित संरक्षण मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गरेको हो । मञ्चले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो ।

रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि च्यानल बन्द गरेर अन्याय गरेको आरोप लगाउँदै मञ्चले उजुरी दर्ता गरेको हो ।
नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन भन्दै सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण बन्द गरेको छ । मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उजुरी दर्ता गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३