विप्लवको बन्दमा प्रहरी राखेर गाडी सञ्चालन

१० असार २०७६, मंगलवार १३:३२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० असार । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेपाल बन्दको प्रभाव शैक्षिक संस्थामा परेको छ । काठमाडौँका नीजि र सरकारी विद्यालय पूर्णरुपमा बन्द छन् ।

यसको साथै यातायतको क्षेत्रमा पनि बन्दको प्रभाव परेको छ । राजधानी भित्र निर्वाध रुपमा यातायात सञ्चालन भईरहेपनि राजधानी बाहिर (लामे दुरीका) भने चल्न सकेका छैनन् । राजधानी भित्र पनि बन्दको समयमा हुन सक्ने संभावित घटनालाई मध्यनगर गर्दै सुरक्षाकर्मीको सहयोगमा सवारी साधन चलिरहेका छन् ।

साझा यातायातका बसहरुमा यात्रुको सुरक्षाको लागि प्रहरीले सुरक्षाकर्मी नै खटाएको छ । साझाका उपत्यकामा मात्र ५१ वटा बसहरु सञ्चालनमा छन् । यीमध्ये ४० बसमा दुई÷दुई जनाका दरले सुरक्षाकर्मी खटिएका छन् । एउटा बसमा दुई जना प्रहरी पोशाक र हतियारसहित खटिएका छन् । एक जना अगाडी र एकजना पछाडी बसेर सुरक्षा दिईरहेका छन् ।

प्रहरीले बिहानदेखि बेलुकासम्म ती बसहरुमा सुरक्षाकर्मी खटाउने छ । साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितका अनुसार साझामा यात्रु सुरक्षार्थ खटिएका प्रहरीलाई खाना र खाजाको व्यवस्था भने साझा यातायातले नै गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी

आजको प्रमुख समाचार