सुर्खेतमा ‘प्रधानमन्त्री बेरोजगार कार्यक्रम’

१० असार २०७६, मंगलवार १३:०३ मा प्रकाशित

सुर्खेत, १० जेठ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम नै परिवर्तन गरेर ‘प्रधानमन्त्री बेरोजगार कार्यक्रम’ लेखिएको ज्याकेट छापिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा उक्त कार्यक्रमका लागि कामदारले लगाउन छापिएको ज्याकेटमा ‘प्रिन्ट मिस्टेक’ भएको छ ।

अहिले बजेट निकासा नभएपनि नीतिगत रुपमा आएको हुनाले नगरको सो वडामा मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भईरहेको छ । अहिले १८ जना कामदारले विभिन्न काम गरिरहेको नगरप्रमुख देव कुमार सुवेदीले जानकारी दिए ।

छपाईको क्रममा प्रिन्ट मिस्टेक भएको र थाहा पाउनाािथ करेक्सन गरिसकिएको नगरप्रमुख सुवेदीले बताए । ज्याकेटमा नाम लेख्ने ‘प्रिन्टिङ प्रेस’ले गल्ती गरेको र सबै ज्याकेट उसलाई फीर्ता गरिएको उनले बताए । प्रेसले नयाँ ज्याकेट छापेर वडालाई दिसकेको मेयर सुवेदीको भनाई छ । उनले संवेदशील विषयमा गलत नियतले यस्तो भएको नभई हतारमा काम गर्दा गल्ती हुन पुगेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी