हुलाकी राजमार्ग निर्माणमा भारतीय एसएसबीको अवरोध

१० असार २०७६, मंगलवार १२:४२ मा प्रकाशित

कञ्चनपुर, १० जेठ । हुलाकी राजमार्ग निर्माणमा भारतीय सीमा सुुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधिन राजमार्गमा एसएसबीले अवरोध गरेपछि १५ दिनदेखि सडक निर्माणको काम रोकिएको छ ।

एसएसबीले सडक निर्माण कम्पनी बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहलाई सडक निर्माण नगर्न दबाब दिएपछि काम रोकिएको हो । शाहले एसएसबीको दबाबका कारण काम रोकिएको बताएका छन् । एसएसबीले उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न दबाब दिएको बताईएको छ ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यले नेपाल–भारतका सीमा सुरक्षा अधिकारीबीच काम जारी राख्ने सहमति भईसकेको दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।