एमालेले प्रधानमन्त्रीलाई सोध्यो – हस्तक्षेपकारी विदेशी को हो ?

२२ श्रावण २०६९, सोमबार ०८:२७ मा प्रकाशित

काठमाडौं, २२ साउन । प्रधानमन्त्री बाबुराम भट्टराईले गत शुक्रबार व्यक्त गरेका एक अभिव्यक्तिलाई विपक्षीहरुले उहांविरुद्ध प्रहार गर्ने अश्त्र बनाएका छन् । उक्त दिन बालुवाटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले शान्ति, संविधान, संघीयता र प्रशासनिक नियुक्तिमा बाहिरी हस्तक्षेप बढेको स्वीकारेका थिए । ुचाबी अन्यत्रै रहेछु छिमेकी र अन्तर्राष्ट्रिय शक्तिको हस्तक्षेप बढेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका थिए । उनले यसकै कारण आफूले चाहे अनुसारको काम गर्न नसकेको बताएका थिए ।

प्रधानमन्त्रीको सो अभिव्यक्ति पक्रंदै विपक्षी दल एमालेले नेपालमा विदेशी हस्तक्षेप भएको स्पष्ट पार्न प्रधानमन्त्रीसँग माग गरेको छ । आइतबार बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिमाथि छलफल गर्दै एमालेले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाटै हस्तक्षेप भएको कुरा बाहिर आएकाले त्यसलाई जनता सामू स्पष्ट पानुपर्ने निष्कर्ष निकालेको हो । ुप्रधानमन्त्रीले नै विदेशी हस्तक्षेप भएको कुरा गर्नु भएको छु बैठकपछि एमाले सचिव विष्णु पौडेलले भने, ुलोकतन्त्रमा सूचनाको सबैले सम्मान गर्नुपर्छ, कहाँबाट कसरी विदेशी हस्तक्षेप भइरहेको त्यो कुरा जनतालाई स्पष्ट रुपमा जानकारी दिनुपर्छ ।ु
ुतपाईहरू सबैले बुझ्नु भएकै रहेछ, क्षेत्रीय र अन्तर्राष्ट्रिय आयाम, त्यसले गर्दा चाहे जस्तो काम गर्न नसकिने रहेछु प्रधानमन्त्रीले भनेका थिए,ु संघीयताबारे छिमेकी बोलिसके, मुख्य सचिव नियुक्तिमा समेत के के भयो तपाईहरुलाई थाहै रहेछ, मैले अडान राखेकै हो ।ुबैठकमा भर्खरै भारत भ्रमणबाट आएका नेता केपी ओलीले त्यहा भएको राजनीतिक भेटघाटबारे व्रिफिङ गदै नेपालको लोकतन्त्र खतरातर्फ जान लागेको भारतीय बुझाई रहेको जानकारी गराएका थिए । नेपालको लोकतन्त्रप्रति समर्थन गर्ने नेताहरुहरुमा अहिले गम्भिर चिन्ता छाएको आफूले भेटघाटका क्रममा पाएको ओलीले बताएका थिए । ओलीले भारतमा राष्ट्रपति प्रणव मुखर्जीदेखि सत्तारुढ र विपक्षी गठबन्धनका प्रभावशाली नेताहरुसंग भेटेका थिए । नेपालको समस्या नेपालीले नै समाधान गर्नुपर्नेमा भारतीय नेताहरु स्पष्ट रहेको उल्लेख गर्दै ओलीले नेपालका विपक्षी पार्टीहरुको रोडम्यापबारे उनीहरुलाई बताएको उल्लेख गरे ।

बरिष्ठ नेता माधवकमार नेपालले सहमतिको प्रक्रिया र अन्तिम आन्दोलनको तयारी पनि संगसंगै गर्ने निष्कर्षमा एमाले पुगेको बताए । ुसहमतिका लागि सरकार बाधक हो, त्यसैले सहमतिको प्रक्रिया पनि अघि बढाउने र आन्दोलनको अन्तिम तयारी पनि गर्ने कुरा भएको छु, नेपालले भने । राष्ट्रपतिसंगको भेटमा पनि विपक्षी दलका नेताहरुले सरकारलाई नै पहिलो बाधकको रुपमा चित्रण गर्दै बाटो खोलिदिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल