विप्लवको नेपाल बन्द प्रभाव, विभिन्न स्थानमा बम फेला

१० असार २०७६, मंगलवार १०:२६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० असार । ललितपुरको जावलाखेलमा बम फेला परेको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी प्रेसर कुकर बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे उक्त बम डिस्पोज गरेको छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार घोषणा गरेको नेपाल बन्दको क्रममा अन्य विभिन्न स्थानमा पनि बम फेला परेका छन् । केहि ठाउँको बम भने बिस्फोट भएको छ ।

प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो ।

यसैबीच काभ्रेको विभिन्न स्थानमा पनि बम फेला परेको छ । काभ्रेको धुलिखेल, बनेपा, पनौती, खोपासी लगायतका स्थानमा बम फेला परेको हो ।

धुलिखेल नगरपालिकास्थित हस्पिटल चोक, पनौती नगरपालिको खोपासी जाने बाटो र पनौती बसपार्क चोकमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै अस्पतालहरुमा क्षमता अनुसारको अक्सिजन प्लान्ट राखिने बताउनुभएको छ । उहाँले प्लान्ट

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका