अपर तामाकोशीको साधारण सभा स्थगित गर्न माग गर्दै निवेदन

९ असार २०७६, सोमबार १९:०१ मा प्रकाशित

काठमाडौँ, ९ असार । अपर तामाकोशी जलविद्युत कम्पनीको साधारणसभा स्थगित गर्न माग गर्दै निवेदन परेको छ । कम्पनीको आगामी असार ११ गतेको लागि तोकिएको साधारणसभा र संचालक समितिको निर्वाचन रोक्न माग गर्दै निवेदन परेको हो ।

आयोजना निर्माणस्थल दोलखाको बिगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले साधारणसभा स्थगित गरी नयाँ मिति प्रस्ताव गर्न माग गर्दै निवेदन दिएका हुन् । कम्पनीले स्थानीय सरकार, स्थानीय लगानीकर्तालाई समयमै जानकारी नदिएकोले आम जन सहभागिता बिना साधारणसभा हुन् नसक्ने भन्दै खड्काले साधारणसभा रोक्न माग गरेका हुन् ।

आयोजना प्रमुख बिज्ञान श्रेष्ठले भने ऐन र कानुनमा भएको व्यबस्था अनुसार नै साधारणसभा अगाडी बढ्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ