टेलिभिजन हेर्ने शुल्क तीन गुणासम्म बढ्ने

९ असार २०७६, सोमबार १८:५६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ असार । सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको विज्ञापन ऐनको विरोधमा सोमबारदेखि टिभि सेवा बन्द भएको छ । ऐनमा क्लिन फिड सम्बन्धि ब्यबस्था रहेको भन्दै इन्टरनेट तथा टिभि सेवा प्रदायक समन्वय समितिले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरी विदेशी च्यानल बन्दको घोषणा गरेको छ । २४ घण्टा च्यानलहरु बन्द हुनेछन् ।

अहिले प्रसारण भइरहेको सम्पुर्ण च्यानल हेर्न ग्राहकहरुले मासिक रुपमा ३ देखि ४ सय रुपैँया शुल्क तिरिरहेका छन् । भारतमा यति नै संख्या बराबरको च्यानल हेर्न मासिक नौ सय भारु तिरिँदै आईएको व्यवसायीले बताएका छन् ।

यदि बिज्ञापन ऐन संसदबाट पारित भएमा यो शुल्क ३ गुणा बढ्ने इन्टरनेट तथा टिभि सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले जानकारी दिए । समितिले ऐन पारित भएमा २५ अर्ब बराबरको लगानि डुब्ने जनाएको छ । यो ऐनले कस्तो असर गर्छ भन्ने देखाउनको लागि समितिले २४ घण्टा बिदेशी च्यानल बन्द गरेर डेमो देखाउन लागेको र सरकारलाई चेतावनी दिन लागिएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ

काठमाडौ।पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ । एमालेको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, नेपाल बार एसाेसिएसन,